वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकको नायम प्रमुख कार्यकारी अधिकृतमा मानन्धर

अर्थटुडे
२०७२ बैशाख ६, आईतवार

काठमाडौं । प्रभु बैंकले व्यवस्थापनमा तीन जनालाई जिम्मेवारी दिएको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरलाई नियुक्त गरेको छ । त्यसैगरी नायव महाप्रबन्धकमा सचिनजङ रायमाझीलाई र वरिष्ठ प्रबन्धकमा वपिन राजभन्डारीलाई नियुक्त गरेको छ ।Tara_Manandhar

मर्जरपछि बैंकको व्यापाररव्यवसाय वृद्धिको लागि रणनैतिक तथा दीर्घकालिन नीतिगत योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मानन्धरलाई नायव प्रमुख कार्यकारी अधिकृत बनाइएको आइतबार बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मानन्धर स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट तत्कालिन प्रभु विकास बैंकमा आएका थिए । किस्टलाई मर्ज गरेपछि उनी प्रभु बैंकमा महत्वपूर्ण जिम्मेवारीमा थिए । उनी बैंकिङ क्षेत्रमा १४ बर्षदेखि सक्रिय छन् ।
त्यसैगरी रायमाझीसँग १३ बर्षे बैंकिङ अनुभव रहेको छ । रायमाझीसँग नेपाल राष्ट्र बैंकमा सात वर्ष काम गरेको अनुभव पनि छ । उनले एनबी बैंक, एनसिसी बैंक र मेगा बैंकमा काम गरिसकेका छन् ।
बैंकिङ क्षेत्रको सुचना प्रविधिमा विशेष दखल भएका राजभन्डारी बरिष्ठ प्रबन्धकमा नियुक्त गरेको छ । राजभण्डारीसँग सम्बन्धित क्षेत्रको १६ वर्षको अनुभव छ । प्रभुमा आउनुअघि उनी एनआइसी एसियामा कार्यरत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ