वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वाईन फ्लुका कारण म्यानपावर व्यवसायी बाटाजुको निधन

अर्थटुडे
२०७२ बैशाख ७, सोमबार

som lal batajuकाठमाडौं । बैदेशिक रोजगार व्यवसायी सोमलाल बाटाजुको स्वाईन फ्लुका कारण निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका बाटाजुको राति १ बजेर २० मिनेटमा निधन भएको थियो ।

उनी स्वाइन फ्लुको आशंकामा एक हप्ता अघि अस्पताल भर्ना भएका थिए । म्यानपावर व्यवसायीहरुको साझा संस्था वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत रहेका बाटाजु एसोएस म्यानपावरका संचालक समेत हुन् ।

५६ बर्षीय बाटाजुको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ