वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनता बैंकले सुरु गर्यो बैंकस्योरेन्स

अर्थटुडे
२०७२ बैशाख ७, सोमबार

काठमाडौं । जनता बैंक नेपालले सोमबारदेखि बैंकमा नै इन्स्योरेन्स हुने गरी सेवा सुरु गरेको छ । सो सेवा बैंकका निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई दिइने बैंकले जनाएको छ । janatabank
जनता बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ सेवाका अतिरिक्त इन्स्योरेन्स सेवासमेत लिन सक्नेछन । बैंकस्योरेन्स अन्तर्गत ग्राहकहरुले जीवन बीमा तथा निजिर्जन बीमा गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।

ग्राहकले बैंकबाटै बीमा लेख लिन, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन । बैंकका ३५ शाखा, एक एक्सटेन्सन काउन्टर र २८ वटा एटिएम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ