वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं उपत्यकामा घरजग्गा कारोबारमा सुधार : अध्ययन प्रतिवेदन

अर्थटुडे
२०७२ बैशाख ९, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । बृहत इन्भेष्टमेन्ट्स प्रालिले गरेको रियल इस्टेटको पछिल्लो बजार अवस्थासम्बन्धि अध्ययनमा काठमाडौं उपत्यका केन्द्रित व्यवस्थित आवासको व्यवसाय तथा कारोबार सकारात्मक दिशामा अघि बढेको देखाएको छ । सन् २०१४ र २०१५ का पछिल्ला महिनाहरुको कारोबार प्रगतिका आधारमा यस्तो देखिएको हो । गत वर्ष (२०१४ मा) विक्रीका लागि कुल ३२६ इकाई उपलब्ध भएकोमा ८१९ इकाई विक्री भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

housing
हालसम्म कुल ८६०९ आवास (हाउजिङ तथा अपार्टमेन्ट) इकाई निजी क्षेत्रका डेभलपर्सहरुबाट विकास भएका छन् । त्यसमध्ये ७२७४ इकाई बिक्री भइसकेको छ भने १३३५ इकाई मात्र विक्री हुन बाँकी छ ।

थाइ रियल इस्टेट विजनेश स्कुलका निर्देशक डा. सोपोन पोर्नचोक्चाइले अप्रिल १५ देखि १९ सम्म हाउजिङ परियोजनाहरुमा स्थलगत उपस्थिती भई प्रतिवेदन तयार पारेका हुन् । जसमा काठमाडौं उपत्यकाभित्रका ६६ रियल इस्टेट व्यवसायिक प्रतिस्ठान तथा परियोजनाहरु (अपार्टमेन्ट तथा हाउजिङ) लाई स्याम्पलिङमा समेटिएको थियो ।

अध्ययनले पछिल्लो समयमा ‘यसले २०१४ अघिका वर्षहरुको स्टक युनिटहरु पनि गत वर्ष विक्री भएको बुझाउँछ,’ अध्ययनकर्ता डा. सोपोनले भने ।

यो हाउजिङ व्यवसायीका साथै समग्र रियल इस्टेट क्षेत्रका लागि उत्साहजनक भएको बृहत ग्ू्रपका कार्यकारी अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ सहरी विकास मञ्चका सभापति ओम राजभण्डारीले बताए । अध्ययनबाट देखिएको तथ्यांक यो क्षेत्रको विकासका लागि डेभलपर्स, लगानीकर्ता (बैंक), सरकार, उपभोक्ता लगायत सम्पूर्ण सरोकारवालाहरुका लागि पथप्रदर्शक हुने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले बताए ।

रियल इस्टेट व्यवसायको विकासमा संचारमाध्यमको सहयोगी भुमिका होस् भन्नका लागि व्यवसायीहरुले वास्तविक तथ्यांक तथा विवरण दिनुपर्ने नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष विज्ञान अधिकारीले औंल्याए ।

अहिले रियल इस्टेट कारोबारमा देखिएका सकारात्मक पक्षहरुलाई ध्यानमा राख्दै बैंकहरुले पनि अब पूरा हुन नसकेका परियोजनाहरुमा समेत फाइनान्सिङ गर्नुपर्ने कार्यक्रममा उपस्थित नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोख्रेलले भने, ‘यसैले बृहतको यो अध्ययन महत्वपुर्ण छ । यो काठमाडौं मात्र केन्द्रित भएपनि यसले आगामी दिनमा विस्तृत अध्ययनका लागि आधार प्रदान गरेको छ । उपत्यका बाहिरलाई पनि यसमा समेटेर लैजानुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ