काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको सिपाखोरेस्थित पञ्चकन्या निम्न माध्यमिक विद्यालयमा ई–लाईवेरी स्थापनाको लागि १० थान कम्प्युटर प्रदान गरेको छ । परिवर्तित समयसँगै गुणस्तरीय शिक्षाको जरुरी रहेको भन्दै बैंकले सो विद्यालयमा १० थान कम्प्युटर प्रदान गरेको हो ।
विहीबार विद्यालयमा ई–लाईवेरीको उद्घाटन गर्दै सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत किशोर महर्जनले पछिल्लो समयमा कम्प्युटरको ज्ञान हुनु अति जरुरी रहेको भन्दै आफ्नो संस्थाले विद्यार्थीहरुको भविष्यलाई मनन गरी सो विद्यालयमा कम्प्युटर प्रदान गरेको बताए ।
सूचना प्रविधिको युगमा प्रविधि सम्बन्धि ज्ञान अति आवश्यक रहेको छ, प्रविधिको ज्ञान नभएमा मानिस अगाडी बढ्न सक्दैन, महर्जनले भने –त्यसैले पनि हामीले विद्यालयमा कम्प्युटर प्रदान गरेका हौ ।
त्यसैगरी बैंकका बरिष्ठ कार्यकारी निर्देशक गोविन्द गुरुङले ई–लाईवेरीको स्थापनासँगै विद्यार्थीहरुमात्र नभएर समाज पनि प्रविधि मैत्री हुने दावी गरे ।
उनले विद्यालयलाई मात्र नभएर सम्पुर्ण समाजलाई नै मध्यनजर राखेर सो विद्यालयमा कम्प्युटर प्रदान गरेको बताए । उनले ई–लाईब्रेरी स्थापनाले स्थानीयलाई सूचना प्रविधिसँग नजिक बनाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया