काठमाडौं । शनिबार गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या देशभर ३ हजार ८ सय १५ जना पुगेको छ । गृह मन्त्रालयले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तीका अनुसार घाइतेको संख्या ७ हजार ४६ जना पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले देशभर उद्धार कार्य जारी रहेकाले मृतक र घाईतेको संख्या अझै बढ्ने बताए ।
काठमाडौं सहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा ज्यान गुमाउनेको संख्या अझै बढ्ने मन्त्रालयले जनाएको छ । भुकम्प गएको २ दिनसम्म पनि अझै साना साना धक्का महशुस भइरहेकाले सर्बसाधारणमा त्रास छाएको छ । सर्वसाधारणहरु अझै घर छोडेर खुल्ला पालमुनी बसिरहेका छन् भने धेरै सर्वसाधारणहरु राजधानी छोड्ने तरखरमा छन् ।
सरकारले सामान्य दैनिकीमा फर्कन सर्वसाधारणलाई आग्रह गरेपछि अझै ठुलो भुकम्प जाने हल्लाका कारण सर्बसाधारण घर फर्कन सकेका छैनन् ।
शनिबार विहान ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टेर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि पटक पटक भूकम्पको धक्का महसुस भएपछि अधिकांश मानिस घर बाहिर बसेका छन् । टुँडिखेल, संविधानसभा भवन लगायत खुला ठाउँहरुमा पनि मानिसहरु पाल टाँगेर बसेका छन् ।
गृहमन्त्रालयले पठाएको मृतक र घाईतेको विवरण
उपत्यका : मृतक: १३१७, घाइते: ४२५२
काठमाण्डौ – ९२०
ललितपुर – १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५०, घाइते: २०६
भोजपुर -२
सुनसरी- ७
सोलु – २१
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२१५, घाइते: २२८१
रामेछाप – २६
सिन्धुपाल्चोल – १०२१
धनुषा- १
मकवानपुर -३३
रसुवा – १५०
दोलखा -४६
काभ्रे -१९३
चितवन -५
नुवाकोट - ४२२
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २८७
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १
प्रतिक्रिया