वि.सं. २०८१ चैत्र ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दाबी भुक्तानी प्रक्रिया सरल बनाउन १७ वटा बिमा कम्पनीलाई निर्देशन

अर्थटुडे
२०७२ बैशाख १५, मंगलवार

bima samitiकाठमाडौं । बिमा समितिले भूकम्प बिमा दाबी प्रक्रिया सरल गरी अविलम्ब दाबी फछ्र्यौट गर्न मुलुकभर सञ्चालित १७ वटा बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

समितिले भूकम्पबाट बिमा दाबीको शीघ्र क्षति आँकलन तथा दाबी मूल्याङ्कन गरी दाबी भुक्तानी गर्ने प्रक्रियालाई उच्चतम प्राथमिकताका साथ तत्काल थाल्न पनि निर्देशन दिएको छ ।

दाबी सर्भे गर्नुअघि तथा सर्भेयरहरुको प्रतिवेदनअनुसार पछि कुल दाबीमा कट्टा हुने गरी अन्तिम भुक्तानी दिने रकमको हद तय गरी दाबी प्रक्रिया सरल गरेर भुक्तानी दिन पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ