वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भुकम्प पिडितहरुलाई वित्तीय संस्थाहरुको सहयोग जुट्दै

अर्थटुडे
२०७२ बैशाख १५, मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले भुकम्पबाट पिडित भएका सर्वसाधारणलाई उद्वार र राहतको सहयोग गर्न थालेका छन् । विभिन्न बैंकहरुले सहयोगको घोषणा गर्नुका साथै राहत जम्मा गर्नका लागि कोष खडा गरी सहयोगका लागि समेत आग्रह गरेका छन् ।
कृषि विकास बैंकले ५० लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
सानिमा बैंकले भुकम्प पिडित सहयोग कोष स्थापना गरेको छ । बैंकका सम्पूर्ण कर्मचारीको एक दिनको तलब जम्मा गरी सुरु गरिएको कोषमा सहयोग गर्न अन्य संघसंस्था तथा सर्वसाधारणलाई पनि बैंकले आग्रह गरेको छ ।
सांग्रिला विकास बैंकले पनि आपतकालिन राहत कोष स्थापना गरेको छ । कोषमा बैकको तर्फवाट १२ लाख, संचालक समितिवाट ३१ हजार २५ रुपैयाँ तथा बैंकका सम्पूर्ण कर्मचरीवाट १ दिनको तलव बराबर हुन आउने रकम १ लाख ६४ हजार गरी कुल १३ लाख ९५ हजार २५ रुपैयाँ जम्मा गरिएको र कोषमा जम्मा हुने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

यसैगरी नेपाल बैंकले १५ लाख रुपैयाँ नागरिक लगानी कोषमा कार्यरत कर्मचारीले तिन दिनको तलव प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा उपलब्ध गराएका छन् ।
यस्तै जिल्ला सहकारी संघको पहलमा सहकारी संघसंस्थाहरुले काठमाडौंको नाङलेभारेमा राहत सामाग्री वितरण गर्ने भएका छन् । बुधबार २ लाख भन्दा बढीको चामल, चिउरा, तेल, नुनलगायतका अत्यावश्यक सामाग्री वितरण गर्न लागिएको सचिव रामचन्द्र अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ