वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाराली सहकारी अभियानद्वारा मृतक परिवारलाई राहत प्रदान

अर्थटुडे
२०७२ बैशाख २३, बुधबार

काठमाडौं । बारा जिल्लाका सहकारी संघसंस्थाहरु र डुमरवानाका सामाजिक संघसंस्थाहरुले महाभूकम्पमा परी मृत्यु भएका परिवारहरुलाई काजकिरियाका लागि १५ हजार एक सय र खाद्य तथा दैनिक उपभोगका सामाग्रीहरुसहित वीस हजार रुपैयाको राहत उपलव्ध गराएको छ । महाभूकम्पमा परी निधन भएका लाल रतनपुरीका ठुलीमाया स्याङतान, भरतगंज सिंगोलका गणेश लोप्चन, निजगढका बाबुराम राउत र विनिषा चौलागाईको परिवारलाई भेटी नगद र राहत सामाग्री हस्तान्तरण गरेका हुन । बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिका संयोजक कृष्ण पौडेलसहित सहकारीकर्मीहरुले उक्त राहत हस्तान्तरण गरेका हुन ।

20150506_150004स्याङतानको आफनै घर लालमा, लोप्चनको मेलम्चीमा, लोप्चनको काठमाण्डौंमा र विनिषा चौलागाईको काभ्रेपलाञ्चोकमा आफन्तकहां बैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो । राहत रकम र सामाग्री स्याङतानका भाइ चन्द्रबहादुर व्लोन, लोप्चनका पिता गणेश लोप्चन, राउतका काका बद्रि राउत र छ वर्षीय छोरा प्रतीक राउत र चौलागाईका पति सन्तोष चौलागाईलाई हस्तान्तरण गरिएको छ ।

बारा सहकारी अभियानले महाभूकम्पपिडितहरुलाई राहतका लागि जिल्लामा विभिन्न प्रकृतिका सहकारी संघसंस्थाहरु र डुमरवानास्थित जनसेवा क्लव, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिलगायतले नगद तथा खाद्य सामाग्री गरी दश लाख रुपैया बराबरको संकलन गरेका छन । यसअघि छिमेकी जिल्लाको विकट गाविस फाखेलका अतिप्रभावित विपन्न १५० परिवारलाई राहत वितरण गरेको थियो ।

बारा जिल्लामै निधन भएका र जिल्लामा स्थायी बसोबास भएका तर अन्यत्र निधन भएका गरी करीव एक दर्जन परिवारलाई राहत उपलव्ध गराउने कार्यक्रम रहेको महाभूकम्पपिडित राहत संकलन तथा वितरण सहकारी संयोजन समितिका संयोजक कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ