काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प पीडितलाई घर निर्माणका लागि २ प्रतिशत व्याजदरमा घर निर्माण कर्जा दिने भएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई निशुल्क पुनकर्जा प्रदान गर्ने र बैंकहरुले अधिकतम २ प्रतिशत व्याजदरमा पीडितलाई लगानी गर्नेछ ।
भुकम्पबाट पीडित भएका सर्वसाधारणलाई राहत दिनका लागि यस्तो योजना ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले उपत्यका भित्र २५ लाख रुपैयाँसम्म र गाउँमा १५ लाख रुपैयाँसम्म यस्तो कर्जा दिन सक्नेछन् । दुई प्रतिशतमा कर्जा दिन भुकम्पले क्षति पुगेको हुनुपर्ने छ। विगतमा कर्जा लिएका वा नलिएका सबैले यस्तो कर्जा लिन पाउनेछन् ।
भुकम्पबाट पीडित भएपनि बैंकहरुले ऋणीको कर्जा तिर्न सक्ने क्षमताका आधारमा लगानी गर्नेछन् भने असुलीको सम्भावना नदेखे बैंकहरु यस्तो कर्जा लगानी गर्न वाध्य हुँदैनन् ।
प्रतिक्रिया