वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोलखाका भुकम्प पीडितलाई प्रभु समुहको राहत

अर्थटुडे
२०७२ बैशाख २६, शनिबार

काठमाडौं । प्रभु समुहले दोलखाको नाम्दुका भुकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । समुहले १० लाख रुपैयाँ बराबरको त्रिपाल, खाद्यान्नलगायतका अत्यावश्यक राहत सामग्री वितरण गरेको समुहका मार्केटिङ म्यानेजर  रोशन रखालले जानकारी दिए ।

prabhu rahat काठमाडौं नजिक र सुगम ठाउमा मात्र राहत सामाग्री पुगीरहेको अवस्थामा प्रभु समुहले दुर्गम क्षेत्रमा पुगेर राहत बाँडेको हो । प्रभु समुहले भूकम्प प्रभावित विभिन्न जिल्लामा खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायत राहत सामाग्री वितरण गर्दै आएको छ ।

दोलखामा प्रभु समुहका मार्केटिङ म्यानेजर  रखालले स्थानीय अगुवाद्वय सम्शेर घिसिङ र नवराज उप्रेतिलाई हस्तान्तरण गरेका थिए ।

भूकम्प गएको १३ दिन वितिसक्दा पनि आफूहरुले राहत नपाएको स्थानीय शम्सेर घिसिङले बताए । भूकम्पले घर भत्किएपछि खुल्ला आकासमा बस्दै आएका नाम्दुवासीले ओत लाग्न पाएको भनि खुसी व्यक्त गरेको प्रभु समूहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ