वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महाविपत्तीपछिको सेयर वजार : चुनौती र अवसर

अर्थटुडे
२०७२ बैशाख २७, आईतवार

प्राकृतिक विपत्तीलाई कसैले पनि निषेध गर्न सकिदैन तर जोखिम न्युनिकरण गर्न सकिन्छ । यहि सिद्धान्त अनुसार सेयर वजारमा पनि लगानीको पुनः व्यवस्थापन जोखिम न्युनिकरण गर्ने अभिप्रायले गर्नु उपयुक्त हुन्छ । अल्पकालिन नाफाको उद्देश्यले गरिएको लगानीलाई उपयुक्त लागेमा दिर्घकालिन लगानीको उपकरणका रुपमा वर्गिकरण गर्नु उपयुक्त हुन्छ । अल्पकालिन रुपमा वजारको प्रवृत्ती नकारात्मक हुने भएता पनि विश्वभर एउटै प्राकृतिक प्रकोपले दिर्घकालसम्म असर पुगेको ईतिहास छैन । तर अल्पकालमा विक्रीको चाप अत्याधिक हुने भएकाले तत्कालै भने बजारबाट आशालाग्दो प्रतिफल उठाउन सकिदैन ।

हरिवोल काफ्ले, विश्लेषक

हरिवोल काफ्ले, विश्लेषक

भनिन्छ, प्राकृतिक प्रकोप पछिको व्यवस्था चलायमान हुन्छ । विश्वमा सम्पन्नताको शिखरमा पुगेका कैयन देशहरु कुनै न कुनै ठुलो विपत्तीपछि मात्र माथि उठेका छन् । सन् १७०० मा अमेरिका र सन् १७५५ मा युरोपका केही देशहरुले भुकम्पका महाविनाशहरु भोगको र त्यसलाई अवसरको रुपमा प्रयोग गरेको उदाहरण छ । आधुनिक पुँजी वजारको स्थापनायता पनि जापान, चिली, ईण्डोनेसिया, श्रीलंकालगायतले अनेकौं विपत्ति सामना गरे । तर विपत्तिको असर ति देशहरुमा पुँजी वजारको लागि अल्पकालिन बन्यो ।

चनाखो भएर लगानीको व्यवस्थापन गर्ने र जोखिम कम गर्ने उपायहरुलाई अपनाउने हो भने विपत्तिको असर सेयर लगानीवाट कम गर्न सकिन्छ । हतारको निर्णयले पछि पछुताउनु पर्ने हुनसक्छ । अल्पकालिन लगानीको उपकरणलाई केही समय वजारको प्रवृति अनुसार नियाल्ने र पर्खने गर्नु उपयुक्त हुन्छ । दिर्घकालिन ध्येयले गरेको लगानीलाई विपत्तिले थोरै मात्र असर पार्दछ । यो महाविपत्तिको समयमा लगानी व्यवस्थापन गर्नेका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

यो समय निसन्देह पुनः निमार्णका लागि हो । विवेकशिल भएर काम गर्ने हो भने यो चरण नयाँ आर्थिक संरचना तयार गर्ने अवस्था पनि हो । अवको केहि समय निसन्देह जो कोही नयाँ सृष्टि र पुर्ननिर्माणको महायज्ञमा होमिनुको विकल्प छैन । विपद्पछिको यो चरणलाई पुर्ननिर्माणको युगका रुपमा पछ्याउने कोसिस गर्नु उपयुक्त हुन्छ । जसले गर्दा पुर्ननिमार्णको चरणलाई नयाँ अर्थतन्त्र र संरचनाको जगको रुपमा उदयमान गराउन सकिन्छ । तसर्थ एउटा कोणवाट आर्थिक टेवा आउने वित्तिकै अर्को क्षेत्रले राहात पाउन थाल्छ । जसका कारण तहसनहस भएको आजको भुमी सम्पन्नता तर्फ अग्रसर हुन्छ ।

नेपालको सेयर वजारमा विपत्ति भन्दा पनि राजनीतिक किचलोको असर आजका दिनसम्म कायम थियो । महाविपत्तिको क्षणमा सवै राजनीतिक दलहरुवाट समान विचार र संकल्प सम्प्रेषण भएको छ । आशा छ, राजनीतिक अस्थिरतावाट पार पाउने हो भने नेपालको आर्थिक क्षेत्रले यो असरलाई अल्पकालमा नै विश्राम दिलाउन सक्दछ । पुननिमार्णको प्रभावकारीतासँगै दिर्घकालमा नेपालको सेयर वजारले राम्रो प्रतिफल दिनसक्छ । तसर्थ लगानीकर्तामा आजको विषम अवस्थामा धैर्यताको खाँचो आवश्यक छ ।

उदाहरणका लागि पटक पटकको प्राकृतिक चपेटामा जापान स्टक एक्सचेन्ज, (निक्की) ले भोग्यो । पछिल्लो घटना सन् २०११ को फुकुसिमा सुनामीलाई लिन सकिन्छ । तर पुननिमाणर््ाको प्रभावकारीतासँगै जापानको स्टक एक्सचेन्ज छिटै वुलिस हुनगयो । अर्थात प्रकोपका कारण पुँजीवजारमा अल्पकालिन रुपले देखिने प्रवृत्ती दिर्घकालमा स्थिर हुन्छ । लगानीको ठुलो पुजी न्युट्रल छ, तसर्थ एउटा वाटो त्यसले निश्चय नै लिने गर्दछ । सधै स्थिर भएर त्यो पुँजी रहन सक्दैन, एउटा वाटो अवश्य लिने गर्दछ ।

लेखक  नेशनल काउन्सिल फर इकोनोमिक एण्ड डेभलपमेण्ट रिसर्चका निर्देशक 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ