वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिका कस्ट्रक्सनद्वारा जोखिमयुक्त संरचना हटाउन सेनालाई उपकरण

अर्थटुडे
२०७२ बैशाख २७, आईतवार

 काठमाडौँ । कालिका कन्स्ट्रक्सन प्रालिले भूकम्पबाट काठमाडौँ उपत्यकामा जोखिममा परेका र भत्किएका संरचना हटाउन नेपाल सरकारलाई ठूला आठवटा उपकरण उपलब्ध गराएको छ ।

सैनिक मुख्यालयमा आइतबार आयोजित समारोहमा उक्त प्रालिका प्रबन्ध निर्देशक एवम् सभासद् विक्रम पाण्डेले अर्थमन्त्री डा. रामशरण महतमार्फत नेपाली सेनालाई उपकरण हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका उपकरणमा चारवटा स्काभेटर र चार थान लोडर छन् । प्रालिले तीन महिनाका लागि निःशुल्क रुपमा ती उपकरण उपलब्ध गराएको हो ।

kalika contraction कार्यक्रममा अर्थमन्त्री डा. महतले भूकम्पबाट भत्किएका संरचनाबाट निस्केका फोहोर र जोखिममा रहेका भवन तत्कालै हटाउने कामलाई सरकारले प्राथमिकता दिने बताए ।

उनले भने, ‘कतिपय भवन तुरुन्त भत्काउनुपर्ने अवस्था छ, त्यो हुन सकेन भने अर्काे घरलाई समेत क्षति पुर्याउने देखिएको छ ।’

आवश्यकता परको बेलामा उपकरण उपलब्ध गराएकामा उक्त प्रालिलाई धन्यवाद दिँदै अर्थमन्त्री महतले प्राप्त उपकरणलाई तत्कालै जोखिममा परेका भवन भत्काउन र भत्किएका संरचनाबाट निस्केका माटो, ढुङ्गालगायत वस्तु हटाउन प्रयोगमा ल्याइने बताए ।

प्रालिका प्रबन्ध निर्देशक पाण्डेले राष्ट्रलाई विपत्ति परेको बेलामा प्रत्येक नागरिकले आफूले जे सहयोग गर्न सकिन्छ त्यसका लागि सहयोगी हात बढाउन आवश्यक रहेकाले आफूले ती उपकरण उपलब्ध गराएको बताए । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ