वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि क्षेत्रको क्षति र राहत बारे बुझ्न सभासद्हरु जिल्ला जाने

अर्थटुडे
२०७२ बैशाख २७, आईतवार

काठमाडौं । भुकम्पबाट कृषि क्षेत्रमा भएको क्षती र पीडित किसानहरुको अवस्थाबारे बुझ्नका लागि सभासद्हरु जिल्ला–जिल्ला जाने भएका छन् । आईतबार बसेको व्यवस्थापिका संसद अन्र्तगतको कृषि तथा जलस्रोत समितिको बैठकले भूकम्पवाट कृषि क्षेत्रमा पुगेको क्षति र किसान अवस्थाबारे बुझ्नका लागि ३ वटा उपसमिति समेत बनाएको छ । अनुगमन टोलीले रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, गोरखा र धादिङमा पुगेर कृषि क्षेत्रमा पुगेको क्षति, किसानको अवस्था र किसानले राहत प्राप्त गरे नगरेकोबारे स्थलगत निरिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा कृषि विकास मन्त्रालयले भूकम्पवाट २३ जिल्लामा ८ हजार ३१ ठूला पशु, १४ हजार ४ सय ९५ साना पशु र १ लाख ४७ हजार २ सय २२ पंछी गरी ६३ करोड वरावरको क्षति भएको प्रारम्भिक तथ्यांक पेश गरेको थियो । यसैगरी ४० जिल्लामा ८ अर्व ११ करोड बराबरको १ लाख ३५ हजार मेट्रिक टन खाद्यान्न र कृषि क्षेत्रमा ९५ करोड वरावरको क्षति भएको जानकारी दिएको छ ।

समितिले भुकम्प पीडित किसानलाई राहत, पुर्नस्थापना र पुनर्निर्माणका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजनामा पेश गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी भूकम्पवाट कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थित र विस्तृत अध्ययन गरि अविलम्व त्यसको विवरण तयार गर्न मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ