काठमाडौं । चन्डोल विशालनगरस्थित संस्कार ईंग्लिश स्कुलको नेतृत्वमा लमजुङका पाचोक, नौथर, ढोडेनी, फलेनी तथा बन्सार समेत गरि पाँच गाविसका भुकम्प पीडितलाई राहत वितरण गरिएको छ ।
प्रत्येक पीडितलाई २५ केजी चामल, १ केजी केराउ दाल, १ केजी चिउरा १ केजी मसेउरा रहेको राहत वितरण गरिएको थियो । संस्थाले कुल ४०० बोरा खाद्यान्न सामग्री र २ सय २३ थान त्रिपाल वितरन गरिएको थियो । जसमध्ये पाचोकमा १०० बोरा खाद्यान्न र ३० त्रिपाल, नौथरमा १०० बोरा खाद्यान्न र ९६ थान त्रिपाल, ढोडेनिमा १०० बोरा खाद्यान्न र ६० थान त्रिपाल, फलेनिमा ७० बोरा खाद्यन्न र ३७ थान त्रिपाल र बन्सार गाविसको ८ र ९ वडामा ३० बोरा खाद्यान्न वितरण गरिएको थियो ।
“एक जुट होऔं पुनर्निर्माणमा लागौं” भन्ने सन्देश सहित गरिएको राहत वितरण कार्यक्रमको संस्कार ईंग्लिश स्कूलका प्रिन्सीपल तथा निर्देशक विमला गुरुङ तथा गोविन्द गुरुङले नेतृत्व गरेका थिए । राहत वितरणलाई युएसए(नेपाल कम्युनिटी आउटरिच नेट्वोर्क टेक्सस, युएसएलगायत संघसंस्थाहरुको सहयोग रहेको थियो ।
प्रतिक्रिया