वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री राहत कोषमा ४ अर्व रुपैयाँ जम्मा

अर्थटुडे
२०७२ जेष्ठ ९, शनिबार

काठमाडौं । शनिबारसम्म प्रधानमन्त्री दैविप्रकोप उद्वार तथा राहत कोषमा ४ अर्ब हाराहारी रकम जम्मा भएको छ । शनिबार सम्म राहत कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको हो । सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्स्थापनाको काम एकद्वार प्रणालीमा गर्ने भन्दै सबै संघ संस्था र दातालाई सरकारी कोषमा नै रकम दिन आग्रह गरेपनि रकम भने न्युन मात्र जम्मा भइरहेको छ ।

???????????????????????????????
प्रधानमन्त्री कार्यालयको तथ्यांक अनुसार अहिलेसम्म कोषमा सबैभन्दा बढी अमेरिकाको निक सिमन्स फाउण्डेसनले १० करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । यसैगरी संविधानसभाका सदस्य तथा पदाधिकारीहरुले दई करोड ३६ लाख रुपैयाँ सहयोग गरेका छन् ।

भूकम्पबाट ५ लाख घर पूर्ण रुपमा नष्ट भएका छन् भने २ लाख ५० हजार बढी घर आंशिक क्षति भएका सरकारी तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ