काठमाडौं । बैंक अफ काठमाडौ (बीओके) सेयर कारोबार एक वर्षपछि खुल्ला भएको छ । बीओकेले ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स, श्री ईन्भेष्टमेन्ट फाईनान्स र नेपाल एक्सप्रेस फाईनान्ससँग गरेको मर्जर सम्झौता तोडेपछि आईतबारबाट चारवटै कम्पनीको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार खुल्ला भएको हो ।
एक वर्षअघि मर्जर सम्झौता भएपनि सेयर स्वाप रेसियो, कर्मचारी मिलान र संचालक समितिमा प्रतिनिधित्वको कुरा मिल्न नसकेपछि मर्जर भाँडिएको हो ।
प्रतिक्रिया