काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधिश भरतराज उप्रेतीले आत्महत्या गरेको छन् । गएराति उनले ज्ञानेश्वरस्थित आफ्नै घरको बैठक कोठाको सिलिङमा नाइलनको डोरी लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक उप्रेतीको साथमा फेला पारेको ‘सुसाइड नोट ’ मा आत्महत्या नभई इच्छामरण गरेको लेखिएको छ । जसमा उनले आफ्नो शव अस्पताललाई दान दिन र काजकिरिया खर्चमा लाग्ने पाँच लाख रुपैयाँ भूकम्प पीडितलाई दिन परिवारलाई आग्रह गरेका छन् ।
‘सुसाइड नोट’ मा उनले आत्महत्या गर्नुको दोष नेपाल बार एसोसिएसनलाई दिएका छन् । बारले अवकाश प्राप्त न्यायाधीशले सर्वोच्च अदालतमा अभ्यास गर्न नपाउने निर्णय गरेपछि उनले आत्महत्या गरेको बताइएको छ ।
प्रतिक्रिया