काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) देखि दुई अर्ब ५० करोड रुपैयाँको बचतपत्र निष्कासन गरेको छ । भूकम्पपीडितलाई राहत र पुनस्र्थानाका लागि स्रोत जुटाउन सरकारले केन्द्रीय बैंक मार्फत बचतपत्र निष्कासन गरेको हो ।
नागरिक बचतपत्र २०७७ नाम दिइएको यो बचत पत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशतको दरमा ब्याज पाउने छन् । बचतपत्रका लागि सर्वसाधारणले जेठ २६ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले कम्तीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकम बराबरकै बचतपत्र किन्न पाउने छन् । यो बचतपत्र धितो राखेर कर्जा लिन वा दिन सकिन्छ ।
पाँच वर्षे अवधि रहेको बचतपत्रको साँवा भुक्तानी २०७७ साल असार १ गते हुनेछ । बचतपत्रमा लगानी गर्नेले हरेक ६ महिनामा ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया