काठमाडौं । भक्तपुर जिल्लाका भूकम्प पीडितलाई एक सय वटा घर टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ । मंगलबार नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र उद्योगमन्त्री महेश बस्नेतले संयुक्त रुपमा घर टहरा हस्तान्तरण गरेका हुन् ।
भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रम अन्तरगत उपाध्यक्ष भण्डारी र मन्त्री बस्नेतले घर टहरा हस्तान्तरण गरेका हुन् ।
उद्योगमन्त्री महेश बस्नेतले भूकम्प पश्चात् हुने पुर्ननिमार्ण तथा पुर्नवासका कार्यक्रम वैज्ञानिक र रचनात्मक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
युवा संघ नेपालका अध्यक्ष निरु पालले दिनुभएको जानकारीका अनुसार हालसम्म युवा संघ नेपालले भूकम्प पिडीतका लागि देशभर ४ सय ९७ वटा घर टहरा निर्माण सम्पन्न गरेको छ ।
प्रतिक्रिया