वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँचतारे होटल एभरेष्टमा रातो स्टिकर, तत्काल खाली गर्न निर्देशन

अर्थटुडे
२०७२ जेष्ठ १२, मंगलवार

काठमाडौं । काठमाडौंको पाँच तारे होटल एभरेष्ट भूकम्पका कारण बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । बैशाख १२ गतेको भूकम्पमा सामान्य क्षति पुर्र्याएको होटलमा त्यसपछि गएका पराकम्पनका कारण बस्न नमिल्ने गरी क्षति पुगेको अनुगमनमा भेटिएको हो । सरकारी अनुगमन टोलीले होटललाई पूर्ण क्षतिग्रस्त भएको भन्दै रातो स्टिकर टासेको छ ।

everest_hotel
होटलका तीन वटा पिल्लरहरु समेत क्षतिग्रस्त भएपछि अनुगमन टोलीले रातो स्टिकर टासेको छ ।
रातो स्टिकरको संकेत पूर्ण क्षतिग्रस्त र बस्न नमिल्ने अवस्थाको हो ।

अनुगमन टोलीले होटल तत्काल खाली गर्न समेत निर्देशन दिएको छ ।

सरकारी निर्देशनपछि होटलमा हाल बसिरहेका १५ जना विदेशी पर्यटक पनि अरु होटलमा सर्नु पर्ने भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ