वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैतडीमा खोल्यो ब्रान्चलेस बैंकिङ

अर्थटुडे
२०७२ जेष्ठ १४, बिहीबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले एक्सेस टु फाइनान्स कार्यक्रमसँगको सहकार्यमा बैतडीको मेलौनीमा ब्रान्चलेश बैंकिङ ( शाखारसहित बैंकिङ सेवा) सुरु गरेको छ । यो सहित बैंकको यस्तो सेवा दिने शाखा ३४ पुगेको छ ।

globle IME
बैतडीको मनिदत्त उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले सेवाको उद्घाटन गरे । उक्त सेवा सञ्चालनका लागि बैंकले स्थानिय व्यवसायी जोगराज ओझालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई सेवा पु¥याउने उद्देश्यले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको सहकार्यमा सेवा संचालन ल्याइएको बैंकले जनाएको छ ।

बैंकले हाल ८५ शाखा ८९ एटिएम, ३४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दे आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ