काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत भुकम्प पीडितलाई घर बनाउन दिने सहूलियत व्याजदरको कर्जा सहकारीमार्फत लगानीका लागि सहकारीकर्मीले लविङ थालेका छन् । आफुहरु ग्रामीण क्षेत्रका जनताको नजिक रहेर सेवा पु¥याउदै आएकाले आफुहरुलाई पनि यो योजनामा सहकारी गराउनुपर्ने उनीहरुको माग छ ।
बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष ऋषिराज घिमिरे राष्ट्र बैंकको पुर्नकर्जा योजनामा सहकारीलाई पनि समेट्न सहकारी विभाग मार्फत पहल थालिएको बताए ।
“राष्ट्र बैंकले दिने कर्जा सहकारीहरुलाई पनि दिनुपर्छ भनेर सहकारी विभाग मार्फत सहकारी तथा गरिवी निवारण र अर्थ मन्त्रालयमा आग्रह गरेका छौं” उनले भने, “अब गर्भनरलाई पनि भेटेर यस विषयमा अनुरोध गछौं ।”
नेपाल राष्ट्र बैंकले भूकम्प पीडित सर्वसाधारणलाई घरकर्जा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई शुन्य व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । बुधबार पारित गरेको कार्यविधि अनुसार राष्ट्र बैंकबाट पाउने यस्तो कर्जा बैंकहरुले २ प्रतिशत व्याजदरमा भूकम्प पीडितहरुलाई लगानी गर्न पाउने व्यवस्था छ ।
काठमाडौं उपत्यकामा अधिकतम २५ लाख र उपत्यका बाहिरका लागि १५ लाख सिमा तोकिएको कर्जाको अवधि १० वर्ष रहेको छ ।
सहकारी विभागका उपसचिव विष्णु प्रसाद घिमिरे सहकारीबाट राष्ट्र बैंकको सहुलियत कर्जाका लागि माग आएको र आफुहरुले मन्त्रालयमा पठाएको जानकारी दिए ।
“सहुलियत व्याजदरको कर्जा आफुहरुले पनि प्रवाह गर्न पाउनुप¥र्यो भन्ने सहकारीकर्मीको माग छ” उनले भने, “हामीले उनीहरुको अनुरोधलाई अर्थ मन्त्रालयमा फरवार्ड गरेका छौं ।”
भूकम्प पीडितहरुको पुर्नस्थापनाका लागि सहकारीले के गर्न सक्छन् भने गत साता मात्र नेफ्सकूनले अति प्रभावित १४ जिल्लाका जिल्ला अध्यक्षहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा अधिकांश जिल्ला अध्यक्षहरुले सहूलियत व्याजदरमा कर्जा आवश्यक्ता रहेको बताएका थिए ।
नेफ्सकून अध्यक्ष घिमिरे राष्ट्र बैंकले पुर्नकर्जा नदिए पनि आफुहरुले सहकारीका सदस्यलाई सहूलियतमा कसरी कर्जा दिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताए । “अहिले बचतको व्याज घटाएर, नाफा कटाएर पनि भूकम्प पीडित सदस्यलाई राहत दिन सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं” उनले भने, “यसबारे केन्द्रीय तहबाट छिट्टै निर्देशन जारी गछौं ।”
केन्द्रीय बैंकले आफुसँग रहेको ग्रामीण स्वावलम्बन कोष, विपन्न वर्ग कर्जालगायतका योजनामा सहकारीलाई लगानी गरेपनि अरु योजनामा भने सहभागी गराएको छैन ।
प्रतिक्रिया