काठमाडौं । एनएमवि बैंकमा पाथिभरा विकास बैंक, भृकुटी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स कम्पनी गाभिने भएका छन् । एनएमबिको आईतबार भएको विषेश साधारणसभाले यो मर्जरका लागि स्विकृती दिएको छ । साधारणसभामा बैकले मर्जरको विषेश प्रस्ताव लगेको थियो । उक्त प्रस्ताव साधारणसभाबाट सर्वसम्मतले पारित भएको बैंकले जनाएको छ ।
यसैगरी सभाले क्लीन इनर्जी डेभलपमेन्ट बैंकसंगको मर्जर प्रव्रिmयालाई समेत बैंकले निरन्तरता दिदै मर्जर प्रक्रिया अगाडी बढाउने निर्णय समेत उक्त सभाले गरेकोछ ।
यस मर्जरबाट एनएमबी नेपालकै अग्रणी बैंकहरुको सूचीमा पुग्ने बैंकले दावी गरेको छ ।
प्रतिक्रिया