वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ५ अंकले बढ्यो, १२२ कम्पनीको २२ करोडको कारोबार

अर्थटुडे
२०७२ जेष्ठ ३२, सोमबार

nepal stock exchangeकाठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) ५ अंकले बढेको छ । बजार खुल्दा ९२८.२२ अंकमा रहेको नेप्से बढेर ९३६.९९ अंकमा पुगेपनि अन्तिम समयमा घटेर ९३३.७३ अंकमा रहेको छ ।

सोमबार १ सय २२ कम्पनीका १ हजार ४ सय ९ कारोबारबाट ६ लाख २२ हजार १ सय ४९ कित्ता सेयर २२ करोड ९ लाख ७५ हजारमा कारोबार भएको छ । आईतबार भन्दा सोमबार कारोबार ५ करोड रुपैयाँले बढेको हो ।

यसदिन समूहगत परिसुचकमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, होटल, बीमा र उत्पादन तथा प्रशोधन समूहमा सुधार आएको छ भने वित्त समूह घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ