काठमाडौं । सवारीसाधन किन्ने योजना हुनुहुन्छ भने गाडी कम्पनीहरु विभिन्न छुटका साथै विभिन्न उपहार सहितका आकर्षक योजना ल्याएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा कम्पनीहरु बिक्री बढाउने उद्देश्य सहित विभिन्न अफर सार्वजनिक गरेका हुन् । बजेटमा गाडीको भन्सार, आन्तरिक करलगायतका शुल्क बढ्ने हुँदा त्यसपछि मूल्य महंगो पर्छ । त्यसले आर्थिक वर्षको सकिनै लाग्दा ‘प्रि बजेट’ भन्दै विभिन्न योजनाहरु सार्वजनिक गरेका हुन् । यी योजनाहरुका कारण भूकम्पपछि सुस्ताएको अटोमोवाईल बजारमा राहत हुने व्यवसायीको अपेक्षा रहेको छ ।
अहिले हुन्डाई, टाटा, डाटसनलगायतका कम्पनीले विभिन्न अफर सार्वजनिक गरिसकेका छन् ।
हुण्डाइको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाइ नवयात्रा २०७२’ योजनाको सुरुवात गरेको छ । भूकम्पप्रभावितका लागि समर्पित अभियान योजनासँगै ल्याएको अफरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई नगद छुटका साथै अन्न सेवा सुविधा दिने घोषणा गरेको छ ।
यस योजना अन्र्तगत ग्राहकहरुले हुण्डाइको कुनै पनि गाडी खरिद गर्दा निश्चित नगद छुटको साथै स्क्र्याच कुपनबाट थप २० हजार देखि रु ७२ हजार रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । त्यस्तै कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ हुण्डाइले गाडी साट्न सकिने व्यवस्था पनि गरेको छ । कम्पनीले हरेक नयाँ हुण्डाइको गाडीमा ३ वर्ष वारेन्टी, ३ वर्ष निःशुल्क मर्मत तथा सर्भिसिङ सेवा तथा चालु आर्थिक वर्षको सवारी कर र नाम सारी शुल्क निःशुल्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
टाटा मोटर्सको नेपालको आधिकारीक बिक्रेता सिप्रद्री टे«डिङले पनि ‘प्री बजेट घोषणा’ योजना संचालन गरिरहेको छ । योजना अन्तर्गत ग्राहकहरुले इन्डिका, इ–जेटा, स्टर्म, मोभस र सुमोलगायतका गाडी खरिदमा ९०५ सम्म फाइनान्सको सुविधा प्रदान गरेको छ । यस योजनामा गाडी खरिदका लागि आवश्यक कागजात कम्पनीले निशुल्क तयार गर्ने उल्लेख गरेको छ ।
यसअघि नै त्यस्तै टाटाले ‘टाटा एस पीक अप’ किन्दा उपहार दिने योजना ल्याएको थियो । योजना अन्तर्गत प्रत्येक टाटा एसको खरिदमा सामसुङको ३२ इन्चको एलइडी टिभी वा शार्प कम्पनीको १९० लिटरको रेफ्रिजेरेटर र बक्स भ्याकुम क्लिनर उपहार स्वरुप प्रदान गर्ने कम्पनीले जनाएको छ । टाटाले ‘टाटा ट्रक÷ट्रिपरले मोहनी लाउने, सिँगापुर र मलेशिया घुम्न पाउने’ योजना अन्तर्गत ट्रक र ट्रिपरको खरिदमा पनि उपहार योजना पनि संचालन गरिरहेको छ । योजना अन्तर्गत मिनि ट्रक–ट्रिपर (२.५ टन देखि ८.५ टन) को खरिदमा ४ रात, ५ दिनका लागि सिंगापुर वा मलेशियाको निःशुल्क भ्रमण वा आइफोन ६ सितैमा पाउने सुविधा र त्यस्तै ठूला ट्रक–ट्रिपरको खरिदमा भने ६ रात, ७ दिनका लागि सिंगापुर वा मलेशियाको निःशूल्क भ्रमण सुविधा दिइएको छ ।
डाटसनको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले पनि नयाँ डाटसन गो प्लसको खरिदमा विभिन्न सुविधा दिएको छ । कम्पनीले शून्य प्रतिशत फाइनान्सका साथै पाटपूर्जा, बीमा तथा एक्सचेन्जमा ग्राहकहरुका लागि थुप्रै सुविधा र अफरहरु प्रदान गरेको छ ।
डाटसन गोमा भने ‘प्रीबजेटरी अफर’ मार्फत ३ लाख २० हजारसम्मको फाइदा ग्राहकले लिनसक्ने योजना ल्याएको छ । २२ लाख मूल्य पर्ने यो कारका पाटपूर्जामा ४१ हजारसम्म, बिमामा ३१ हजारसम्म, एक्सचेन्चमा २५ हजारसम्म बोनसका साथै १ वर्षको सडक कर, ५ वर्षसम्म सर्भिसिङ निशूल्क र बिभिन्न आकर्षक उपहारहरु रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया