वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको पूर्ननिर्माणका लागि सवा ३ खर्व सहयोगको प्रतिवद्वता

अर्थटुडे
२०७२ असार १०, बिहीबार

नेपालको पुननिर्माणमा दाताहरुले ३ खर्ब बढी सहयोगको प्रतिबद्धता जनाएका छन् । उनीहरुले घोषणा गरेको रकम अनुसार ३ खर्ब २६ अर्ब रकम जुट्ने देखिएको छ । सरकारले करिव ६ खर्ब रकम पुननिर्माणका लागि आबश्यक रहेको तथ्याङक बाहिर ल्याएर यो दाता सम्मेलन गरेको हो ।

????????????????????????

भारतको  एक खर्ब रुपैँया

भारतको तर्फबाट नेपालको पुनर्निमाणका लागि एक खर्ब रुपैँया सहयोग प्राप्त हुने भएको छ । काठमाडौँको सोल्टी होटलमा भइरहेको अन्तर्राष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो घोषण गरेकी हुन् ।

उनले सहयोगको ४० प्रतिशत अनुदान र ६० प्रतिशत ऋण हुने जानकारी गराइन् । उनले आगामी पाँच वर्षभित्रमा उक्त सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाइन् । यो सहयोग भारतको नियमित सहयोगभन्दा अतिरिक्त रहने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले बताए । भारतीय विदेशमन्त्री स्वराजले भूकम्पपछिको विपदमा नेपाल एक्लै नरहेको भन्दै प्राधिरण गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आवश्यक सहयोग गर्ने बताएकी छन् ।

जापानको २६ अर्ब

जापान सरकारले २६ अर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  आगामी तीन बर्षमा उपलब्ध गराइने  यस्तो सहयोगको प्राथमिकता भूकम्प प्रतिरोधी बिद्यालय निर्माण र दोस्रो प्राथमिकतामा भूकम्प प्रतिरोधी आवास निर्माण हुनेछ । भूकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै जापानी बिदेश राज्यमन्त्री मिनोरु कियुची ले यस्तो घोषणा गरेका हुन् ।

चिनको ६५ अर्ब
भुकम्पपछिको पुनर्निमाणमा छिमेकी मुलुक चीनले ६५ अर्ब रुपैँया सहयोग गर्ने घोषणा गरेको छ । दाता सम्मेलनलाई सुम्बोधन गर्दै चीनिया विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् ।

एडिबीले नेपालको पुननिर्माणका लागि २५ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा एडिबीले यस्तो घोषणा गरेको हो। एडिबीले २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान हुनेछ। भविश्यमा थप सहयोग गरेर ६० अर्बसम्म पुर्याउन सकिने एडिबीले बचन दिएको छ।

त्यस्तै, विश्व बैंकले ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने भएको छ। विश्व बैंकका अध्यक्षले बिहीबार राजधानीमा आयोजित सम्मेलनमा भिडियो सन्देश दिँदै उक्त सहयोगको घोषणा गरेका हुन् । उनले २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने गर्ने बताएका छन्। अमेरिकाले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्याउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै उक्त सहयोग रकम आउने बताएका हुन् । भूकम्पपछिको पुननिर्माणका लागि युरोपियन युनियनले ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ।

दाता सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री सुशिल कोइरालाले नेपाली जनताको धैर्यता र सहनशीलता अति सराहनिय रहेको बताएको छन् । प्रधानमन्त्री कोइरालाले भारत, चिन, जापान लगायतका मुलुकले पिडितको उद्धार तथा रहत वितरणमा देखाएको तत्परता अतुलनिय रहेको भन्दै त्यसप्रति आफू आभारी रहेको बताए । साथै उनले भावी दिनमा पनि यीनै साथ र सहयोगको सदुपयोग गर्दै पुनर्निमाणको कार्यलाई दु्रत गति दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ