वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व गर्भनर खतिवडा भन्छन्, पूर्ननिर्माणका लागि बैकिङ क्षेत्रसँग पर्याप्त स्पेस छ

अर्थटुडे
२०७२ असार १५, मंगलवार

पूर्ननिर्माणका काठमाडों । पूर्व गर्भनर डा. युवराज खतिवडाले भूकम्पपछिको लागि वित्तीय क्षेत्रसँग पर्याप्त क्षमता रहेको बताएका छन् । नेपाल बैंकर्स एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार गरेको ‘बैंकिङ पत्रकारिता’ तालिममा कार्यपत्र प्रस्तुत गर्दै खतिवडाले वित्तीय संस्थालाई भूकम्पले खासै असर नगरेको र उनीहरुसँग पूर्ननिर्माणका लागि आवश्यक ऋण प्रवाह गर्न सक्ने क्षमता रहेको उल्लेख गरे ।

Khatiwada‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको रियल स्टेट लोनमा सिमा तोकेपनि उनीहरुसँग थप कर्जा बढाउने सिमा अझै बाकी भएकाले कुनै समस्या हुदैन’ उनले भने, ‘पुनःनिर्माणका लागि सरकारले ल्याएको कार्यक्रमलाई राष्ट्र बैंकले सघाउनुपर्छ ।’

कार्यक्रमका अर्का कार्यपत्र प्रस्तोता लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले राज्यका निकायले प्रकाशित गर्ने तथ्यांक नै सहि नहुँदा पुननिर्माणका कार्यक्रम अघि बढाउन अफ्ठेरो पर्ने औल्याए । हरेक क्षेत्रमा भएको क्षतिको असर वित्तीय क्षेत्रमा पर्ने भएकाले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा त्यसको असर देखापर्ने उनको भनाई थियो ।

बैंकिङ विषयमा रिपोटिङ गर्ने पत्रकारलाई क्षमता अभिवृद्वी गर्ने उद्देश्यले आयोजना गरेको तालिमा करिव तीन दर्जन पत्रकार सहभागि थिए ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल र उपाध्यक्ष अनिलकेशरी शाह. सेजन अध्यक्ष विज्ञान अधिकारी, उपाध्यक्ष लोक बहादुर चापागाईले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ