वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लालीगुराँस सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

अर्थटुडे
२०७२ असार २०, आईतवार

काठमाडौं । सहकारीहरुको छाता निकाय राष्ट्रिय सहकारी संघले २०७१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारीलाई प्रदान गरेको छ । ९३ औं अन्तराष्ट्रिय २१ औं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस तथा २२ औ राष्ट्रिय सहकारी संघ दिवसको अवसरमा देशभरका सहकारीबाट छनोट गरी उक्त पुरस्कार प्रदान गरिएको हो ।
श्री लालीगुँरासले लालीगुराँस अस्पताल एण्ड रिसर्च सेन्टर, लालीगुराँस राष्ट्रिय उमावि, चितवनमा डेरी फर्म, जयलालीगुराँस इन्भेसमेन्ट एष्ड ट्रेडिङ सेन्टर, भैरवकुञड हाइड्रो पावरमा लगानी गरेको छ । संस्थाले सरकारलाई वार्षिक ३ करोड भन्दा बढी कर बुझाउदै आएको छ ।

laligurasशनिबार आयोजित कार्यक्रममा अर्थ मन्त्री डा. रामशरण महतले संस्थाका कार्यवाहक अध्यक्ष अमरदास श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरे ।

त्यसैगरी राष्ट्रिय संघले विभिन्न विषयगत क्षेत्रका सहकारी संघसंस्थाबाट  जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुर, नेपाल बहुउद्धेश्यीय सहकारी झापा, ग्रामीण वचत तथा ऋण नवलपरासी, कस्तुरी बहुउद्धेश्यीय जाजरकोट र महिला जागरण बचत तथा ऋण मकवानपुरलाई समेत पुरस्कृत गरेको छ ।

राष्ट्रिय संघले प्रत्येक वर्ष उत्कृष्ट सहकारीहरुलाई सम्मान गर्दै आएको छ । राष्ट्रिय सहकारी दिवस चैत २० गते घोषणा गरी अन्तर्राष्ट्रिय सहकारी दिवसमा पुरस्कार प्रदान गरिने प्रचलन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ