वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्त, बिमा र हाइड्रोपावरको ३ अर्वको सेयर आउदै

अर्थटुडे
२०७२ श्रावण १३, बुधबार

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा लगानी गर्ने सोच बनाउनुभएको छ भने खुशीको खबर छ । आर्थिक वर्षको सुरुवातसँगै तीन अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर बजारमा आउने भएको छ । बजारमा लघुवित्त विकास बैंक, बिमा कम्पनी र हाइड्रोपावर कम्पनीको साधारण सेयर आउन लागेको हो । साधारण सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा १४ वटा कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् ।

ipoसेयर निष्कासनका लागि अनुमति माग्दै जलविद्युत लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायन्स लोटस फाइनान्स, खानीखोला हाइड्रोपावर, न्याग्दी रुप्स पावरगायतका कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उनीहरुले तीन अर्ब पाँंच करोड ६४ लाख रुपैयाँको सेयर निष्कासन गर्ने अनुमति मागेको बोर्डले जनाएको छ ।

लगानीकर्ताले लामो समयदेखि प्रतीक्षा गरिरहेका जलविद्युत् लगानी तथा विकास कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर जारी गर्दैछ। धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै सेयर निष्कासन गर्ने तयारी यो कम्पनीले गरेको छ ।

पछिल्लो समय लगानीकर्तामा लघुवित्त र जलविद्युत् कम्पनीमा बढी आकर्षण देखिएको छ। विगतमा चिलिमे हाइड्रोपावर, बुटवलपावरलगायतका कम्पनीले आकर्षक लाभांश दिएकाले लगानीकर्ता हाइड्रोपावरतर्फ आकर्षित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ