वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भाउ सस्तिदा सर्वसाधारणले सुन पाएनन्, बैंक र व्यवसायी मिलेर कालोबजारी

अर्थटुडे
२०७२ श्रावण १३, बुधबार

काठमाडौं । नेपाली समाजमा सुनलाई ‘सुखमा गहना, दुखमा खजाना’ का रुपमा लिने प्रचलन छ । त्यसैले आफुसँँग पैसा हुदा सुन किनेर राख्ने र अप्ठेरोमा पर्दा त्यही बेचेर गर्जो चलाउने गरिन्छ । अहिले सुनको भाउँ ५ वर्षपछिकै सस्तो भएपछि सुन किन्ने सर्वसाधारण बढेका छन् । तर बैैंक र व्यापाारीको मिलेमतोमा कालोबजारी हुदा सर्वसाधारणले सस्तो सुन किन्न पाएका छैनन् । बजारमा खुलेआम कालोबजारी हुदा समेत सरकारले केही गर्न सकेको छैन ।

gold loneनेपालमा सुनचाँदीको दैनिक भाउ निर्धारण गर्ने व्यापारीको संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि नेपाली बजारमा सुन प्रतितोला ४८ हजार रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारभाउ घटेपनि नेपालमा सुन अभाव देखाउदै भाउ घटाएका छैनन् । तर पनि तोकिएको भाउमा पनि बजारबाट सर्वसाधारणले सुन किन्न पाएका छैनन् ।

व्यवसायीले बैंकलाई र बैंकहरुले व्यवसायीलाई देखाएर सुुनको मूल्य नघटाएका हुन् । यसैगरी बैंकसँग सुन सकिएको भन्दै बजारमा अभाव देखाइएको छ ।

नेपालको विद्यमान व्यवस्था अन्र्तगत वाणिज्य बैंकहरुले सुन आयात गरी सुनचाँदी व्यवसायीलाई बिक्री गर्नुपर्छ । सुनचाँदी व्यवसायीले पनि गहना बनाएर मात्र बिक्री गर्न पाउछन् । कोटा प्रणालीमा दैनिक २० किलो सुनमात्र आयात गर्न पाउने नियम छ ।

अन्तर्राष्ट्रिय बजारभाउ अनुसार नेपालमा पनि सुनको भाउ दैनिक परिवर्तन हुन्छ । अन्तर्राष्ट्रिय भाउका आधारमा भन्सारशुल्क र बैंक तथा व्यवसायीको कमिसन जोडेर नेपालको भाउ निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय भाउ बढ्नेवित्तीकै भाउ बढाउने बैंक र व्यवसायी भाउ घट्दा भने नघटाउने अनेक बहानावाजी गरेर बसेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ