काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आफनो १० औ. स्थापना दिवसको पूर्वसन्धामा शनिबार बल्खुको सुन्दरीघाटमा बागमती नदी तट सरसफाई आयोजना गरेको छ ।
अडान काठमाण्डौंको संयोजनमा भएको उक्त सफाई अभियानमा अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मी, उपाध्यक्षहरु कृष्ण पौडेल र दिनकरमानसिंह प्रधान, सचिव मीरा श्रेष्ठ, आइक्यानका पार्षदहरु यादव न्यौपाने, ध्रुव पौडेल र गणेश राई, उपत्यका अध्यक्ष भोला पाठक र काठमाण्डौं अध्यक्ष बहादुरसिंह बिष्टलगायत सयौं लेखापरीक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सरकारी उच्च पदस्थ कर्मचारीहरु, सेना, जनपथ र सशस्त्र प्रहरीहरु र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । बागमती नदी सफाई र बागमती सभ्यताको संरक्षण सबै नेपालीको चासोको विषय भएकोले यो अभियानमा आफुहरुको ऐक्यवद्धता रहेको अध्यक्ष रेग्मीले बताए ।
अडानले आफनो स्थापना दिवसको अवसरमा श्रावण २० गतेसम्म पांच दिन विभिन्न कार्यक्रहरुसहित मनाउदैछ । सोही क्रममा श्रावण २० गते बिहान बबरमहल आर्ट ग्यालरीमा उपत्यका समितिको संयोजनमा खुला रक्तदान, केन्द्रको संयोजनमा कार्की व्यान्केटमा एक दिने सेमिनार र अडान डे विशेष कार्यक्रम आयोजना गर्दैछ
२०६३ श्रावण २० गते स्थापना भएको अडानमा देशभरका करीव चार हजार लेखापरीक्षकहरुको आवद्ध छन् ।
प्रतिक्रिया