काठमाडौं । अमेरिकी डलरको भाउ दुई वर्षयताकै महगो भएको छ । नेपाल राष्ट्र बैंकले आईतबारका लागि डलरको खरिददर १ सय ५ रुपैयाँमा र बिक्रीदर १ सय ५ रुपैयाँ ६० पैस तोकेको छ ।
राष्ट्र बैंकले तोकेको मूल्य वरिपरी रहेर वाणिज्य बैंकहरुले कारोबार गर्छन् । डलरको भाउ महंगो भएपछि नेपालमा डलर तिरेर आयात हुने सामानहरु महंगो हुने भएको छ । यसले विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ ।
आईतबार कायम अहिलेको डलरको मुल्य २०७० साउनयताकै उच्च हो । ०७० साउन पहिलो र दोस्रो हप्ताका चार दिन डलरको भाउ १ सय ८ रुपैयाँसम्म पुगेको थियो । त्यसयता भने डलर १ सय ४ रुपैयाँभन्दा माथि जान सकेको थिएन ।
अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले विश्वभर डलरको मुल्य बढेको हो । नेपालको भारतिय रुपैयाँसँग स्थिर विनिमय रहेका कारण त्यसैका आधारमा डलरको भाउ समेत तय हुने गर्दछ ।
प्रतिक्रिया