काठमाडौं । नेपाली बजारमा ५ वर्षयताकै सस्तो भएको सुनको भाउ फेरी उकालो लाग्न थालेको छ । आईतबार बजारमा सुन प्रतितोला ५१ हजार ६ सय र चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दुई साताअघि सुनको भाउ प्रतितोला ४७ हजार २ सय रुपैयाँसम्म झरेको थियो । यो क्रम अझै बढेर ४५ हजार भन्दा कममा झर्ने विश्लेषण भईरहेका बेला भाउ फेरी उकालो लाग्न थालेको हो ।
एक सातामा सुन ४ हजार रुपैयाँ महंगो भइसकेको छ । अन्तर्राष्ट्रिय बजारका कारण नेपालको भाउ समेत बढ्न थालेको महासंघले जनाएको छ ।
प्रतिक्रिया