वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा बन्दको प्रभाव, नेप्से १६ अंकले घट्यो

अर्थटुडे
२०७२ भाद्र ६, आईतवार

काठमाडौं । आइतवार सेयर बजारमा नेपाल बन्दको प्रभाव देखिएको छ । विगत केही दिनदेखि लगातार उकालो लागेर रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज भने १६.२५ अंकले ओरालो लागेको छ ।

chart sug 23आइतवार कारोवारमा आएका अधिकांश समूहको परिसूचक ओरालो लागेकोले समग्र बजारमा यसको नकारात्मक प्रभाव परेको हो । आज बजार १ हजार १ सय ८४.६७ अंकमा झरेर बन्द भएको छ ।

आज कारोबार भएकामध्ये बिमा समूहको बाहेकका समुहगत परिसुचक पनि ओरालो लागेको छ । सबैभन्दा बढी होटल समूह ५१.५५ अंकले घटेको छ । बिमा समुहको परिसुचक भने ९.१३ अंकले उकालो लागेको छ ।

आइतवार १ सय ४१ कम्पनीको १६ लाख ९४ हजार ३ सय ७३ कित्ता सेयरबाट ५८ करोड ३१ लाख बराबरको सेयर किनचेब भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ