काठमाडौं । ललितपुर मानभवनस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ५ औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवदीप लोहनीको सभापतित्वमा सम्पन्न सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७१\०७२ सम्ममा दुई करोड ७ लाख २२ हजार सेयर पुँजी पु¥याएको छ । त्यस अवधिमा १५ करोड ३९ लाख ६६ हजार बचत संकलन गरी १२ करोड २७ लाख ४२ हजार कर्जा लगानी गरेको अध्यक्ष लोहनीले जानकारी दिए । हाल संस्थामा एक हजार ५३ जना सदस्य रहेका छन् । संस्थाले सोही आर्थिक वर्षमा २६ लाख ३३ हजार राजश्व बापत सरकारलाई बुझाएको छ ।
संस्थाले बैशाख १२ गते गएको शक्तिशाली भुकम्प पीडित महालक्ष्मी नगरपालीका वडा नं २ र ३ का तेह्रविसे, पाटीको चौर र भाल्टार एवं कार्य्विनाक नगरपालीका वडा नं १८समेतका १ सय २५ घर परिवारलाई एक लाख दुई हजार पाँच सय रुपैंया बराबरको खाद्य सामग्री र औषधि लगायतका सामानहरु वितरण गरेको सभामा जानकारी दिइयो ।
सहकारीले सबै तहका सदस्यलाई लक्षित गरी विभिन्न बचत योजना र छिटो, छरितो एवं सरल व्याज दरमा कर्जा तथा सापटी (२४ घण्टा भित्रै) दिदै आएको छ । संस्थाले ३६५ दिनै सेवा प्रवाह (नगद जम्मा र भुक्तानी ), सन्ध्याकालीन काउण्टर, विप्रेषण सेवा, टेलीफोन तथा मोबाईल बिल भुक्तानी, रिचार्जको व्यवस्था, एडिएसएलको बिल भुक्तानी लगायतको सेवा सदस्यहरुलाई प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया