काठमाडौं । अपि हाइड्रोपावरको साधारण सेयरको बाडफाँट भोलि (मंगलवार) हुने भएको छ । असारको अन्तिम साता निस्कासन भएको सेयरमा ३५ गुणा बढी आवेदन परेको थियो ।
३० लाख कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि १ लाख ५० हजार तथा कर्मचारीका लागि ९० हजार कित्ता सेयर छुट्याइएको छ ।
सेयरका लागि कम्तीमा ५० र बढीमा १ हजार कित्ता सेयरका लागि आवेदन मागिएको थियो ।
प्रतिक्रिया