वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकको कर्जासँगसँगै पाउनुहोस् जीवन बिमा

अर्थटुडे
२०७२ भाद्र १६, बुधबार

काठमाडौं । बैंकहरूले आफ्नो विभिन्न कर्जा योजनासँगै जीवन बिमाको सूविधा समेत ल्याउन थालेका छन् । कर्जा सुरक्षित गर्न र सर्वसाधारणलाई आकर्षित गर्नका लागि पनि बैंकहरूले बिमा कम्पनीहरूसँग सहकार्य गरी कर्जा लिदा ग्राहकको जीवन बिमा समेत हुने योजना सुरु गरेका हुन् ।

lone & insurence
पछिल्लो समयमा सनराइन र प्रभु बैंकका साथै सिद्वार्थ डेभलपमेन्ट बैंकले जीवन बिमासँग जोडेर कर्जा योजना सुरु गरेका छन् । योजनाअनुसार कर्जा लिएसँगै उक्त कर्जाको रकमबराबर नै ग्राहकको जीवन बिमा गर्छन् । बिमा गरेपछि कर्जा भुक्तानीअघि नै ग्राहकको मृत्यु भएमा कर्जा रकम बिमा कम्पनीले बेहोर्ने व्यवस्था छ । यस योजनाबाट कर्जा लिने ग्राहकको मृत्यु भएमा पनि बैंकको कर्जा नडुब्ने र आश्रित परिवारलाई पनि कर्जाको भार पर्दैन ।

सनराइज बैंकले सुरु गरेको ‘सनराइज सुरक्षित घरकर्जा’ योजनामा जीवन बिमालाई सँगै जोडेको छ । बैंकले प्राइम लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको योजनाअन्तर्गत ग्राहकले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको घरकर्जा लिँदा प्राइम लाइफले सवाधिक जीवन बीमा गर्ने व्यवस्था छ ।

योजनाअनुसार कर्जा तिरिनसक्दै ऋणीको मृत्यु भएमा आश्रित परिवारले बाँकी कर्जा तिर्नुपर्ने छैन, कर्जा रकम बिमा कम्पनीले बेहोर्नेेछ । ग्राहकले कर्जा भुक्तानी गरेमा कर्जा अवधिपछि बिमा कम्पनीले ग्राहकलाई बिमाबापत एकमुुुुष्ट बोनससमेत भुुक्तानी गर्ने बैंकले जनाएको छ । यस योजनामा कर्जा लिने ग्राहकले जीवन बिमासमेत गर्नुपर्नेछ । कर्जाको ब्याज र किस्ताका साथै बिमाको प्रिमियम पनि तिर्नुपर्ने भएकाले ग्राहकलाई केही थप भार भने पर्नेछ ।

यसैगरी, प्रभु बैंकले पनि घर कर्जा तथा सवारी साधन कर्जाका ग्राहकको जीवन बिमा गर्ने योजना ल्याएको छ । बैंकका अनुसार कर्जा जीवन बिमा योजनाअन्तर्गत प्रवाहित कर्जा भुक्तानीका लागि मुख्य आयस्रोत भएको व्यक्तिको कर्जा रकमबराबरको जीवन बिमा हुनेछ ।

योजनाअन्तर्गत बिमा कम्पनीमा बुझाउनुपर्ने वार्षिक प्रिमियम रकमसमेत बैंक आफैंले भुक्तानी गरिदिने व्यवस्था छ । व्यक्तिको कर्जा अवधिभित्रै निधन भएमा बिमा कम्पनीले कर्जा राफसाफ गरिदिने व्यवस्था छ । कर्जा चुक्ता भई बाँकी रहन आएको रकम सम्बन्धित ग्राहकका आश्रित परिवारलाई उपलब्ध गराइने बैंकले जनाएको छ ।
कर्जा जीवन बिमा योजनाले बैंकको कर्जा जोखिम न्यूनीकरण हुने तथा ग्राहकका आश्रित परिवारलाई कर्जा आर्थिक बोझ नहुने बैंकको दाबी छ ।

यसैगरी सिद्धार्थ डेभलपमेन्ट बैंक सुरु गरेकोे ‘एसडिबिएल’ सुरक्षित घर योजनामा बिमा सूविधा पनि ल्याएको छ । प्राइम लाईफ इस्योरेन्ससँग सहकार्य गरी ल्याएको बैंकको यस योजनामा बैंकबाट घर कर्जा लिने ग्राहकको कर्जा रकम बराबरको जिवन बिमा पनि गर्ने र ऋण चुक्ता भएपछि एकमुष्ट बोनस भुक्तानी हुने व्यवस्था छ ।

बैंकहरूले कर्जाका साथै निक्षेप योजना पनि जीवन बिमा जोडेर ल्याउने गरेका छन् । यसअघि, बैंकहरूले कर्जा प्रवाहका लागि लिने धितोको बिमा गराउने भएपछि जीवन बिमातर्फ खासै चासो दिएका थिएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ