वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपनिर्वाचनमा एघार करोड खर्च हुने अनुमान

अर्थटुडे
२०७१ असार ७, शनिबार

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ८ गते चार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा हुने संविधानसभा उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

nepal-election-commissionगत संविधानसभा निर्वाचनमा दुई ठाउँबाट चुनाव जितेका उम्मेदवारको ठाउँ खाली भएको कारण हुन लागेको उपनिर्वाचनका लागि करिब रु ११ करोड खर्च हुने अनुमान छ ।

‘सम्पूर्ण मतदान सदर मतदान’ भन्ने भनाइका साथ हुने यसपटकको उपनिर्वाचनको विशेषता भनेको सबै क्षेत्रमा विद्युतीय उपकरणबाट मतदान हुनेछ ।

मतदान व्यवस्थापनका लागि सम्पूर्ण निर्वाचन सामग्रीसहित आवश्यक जनशक्ति सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको र समग्रमा मतदानपूर्वको सबै तयारी पूरा भएको जनाइएको छ । तालिम प्राप्त कर्मचारी सम्बन्धित मतदान स्थलतर्फ खटिइसकेका छन् ।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा उपनिर्वाचनका लागि आवश्यक तयारी पूरा भएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि करिब १० करोड ९८ लाख ३९ हजार ७ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रमुख आयुक्त उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ