वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सचिव अधिकारी भन्छन् : अब सहकारीमा फोर्स मर्जर आवश्यक छ

अर्थटुडे
२०७२ भाद्र १९, शनिबार

काठमाडौं । सहकारीको संख्यात्मक वृद्धीसँगै भित्रिएको विकृती नियन्त्रण गर्न नसकेका सरकारी अधिकारीहरु अब फोर्स मर्जर गरेर भएपनि सहकारीको सख्या घटाउने निकर्षमा पुगेका छन् । सहकारीलाई मात्र छोडिदिदा उल्लेख्य मर्जर नभएपछि निश्चित प्रावधानमा निर्देशनात्मक व्यवस्था गरेर सहकारीमा मर्जर अभियान संचालन गर्न लागेको हो । सहकारी विभागले ०७० जेठमा सहकारी सहकारी संघ÷संस्था एकीकरण कार्यविधि जारी गरेको थियो । यस अवधिमा २ सयको हाराहारीमा मात्र सहकारीहरु मर्ज भएका छन् । कार्यविधि प्रभावकारी नभएपछि मन्त्रालयले कडा प्रावधान बनाउन लागेको हो । DSC_0032

शनिबार नेपाल नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को स्थापना दिवसमा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सहकारीको गुणात्मक विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति अबलम्बन गर्न लागिएको जानकारी दिए । । ‘सहकारी एकीकरण नीति ड्राफ्ट गर्दछौं’ उनले भने, ‘नीति बनेपछि केही प्रावधान मर्जका लागि निर्देशन दिनसक्ने हुन्छ ।’

३३ हजार सहकारी दर्ता भएपनि मर्ज नीति प्रभावकारी नहुँदा समस्या भएको सचिव अधिकारीको भनाई थियो । सहकारीको विकासका लागि अब बन्ने सहकारी ऐनमा दण्ड र सजाईको व्यवस्था कडा बनाउन लागिेको उनले जानकारी दिए । “अब बन्ने ऐनमा राष्ट्र बैंकले जस्तै समस्याग्रस्त सहकारीको व्यवस्थापन समेत नियन्त्रणमा लिने प्रावधान राख्दैछौं ।’

राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले कर्जा सूचना केन्द्र निर्माणका लागि सरोकारवाला निकायको छुट्टै संयन्त्र बनाउनुपर्ने बताए । ‘कर्जा सूचना केन्द्रको काम निजी कम्पनीलाई दिने चलखेल भइरहेको छ, यदी त्यसो भए हामीलाई स्वीकार्य हुने छैन्’उनले भने,–‘यदी त्यसो भएमा अभियानको साथ, सहयोग र समर्थन सरकारलाई रहने छैन् ।’

सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले सहकारी सुरक्षित, मर्यादित बनाउन आवश्यक भएको बताए । ‘सहकारीको साख गिर्न दिनुहुन्न, सहकारीको सिद्वान्त राम्रो भएपनि केही सहकारी सहकारी सिद्वान्त विपरित चलेका छन्’ उनले भने ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीको गुणात्मक विकासका लागि सहकारी एकीकरणमा दवावमुलक कार्यक्रम नै सञ्चालन गर्न आवश्यक रहेको बताए ।

सिजेएन पत्रकारिता पुरस्कार घिमिरेलाई

cjn prize
यसैबिच संस्थाले प्रदान गर्ने ‘सिजेएन सहकारी पत्रकारिता पुरस्कार २०७२’ बाट रिपब्लिका दैनिकका सागर घिमिरे पुरस्कृत भएका छन् । वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले पुरस्कार प्रदान गरे । पुरस्कारको राशि नगद पाँच हजार सहित कदरपत्र रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ