वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेजन र एसआरसीएस बीच सम्झौता, पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम दिने

अर्थटुडे
२०७२ भाद्र २१, सोमबार

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस)सँगको सहकार्यमा आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम दिने भएको छ ।

photo 1
सेजन र एसआरसीएसबीच सो सम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेजन अध्यक्ष गोकर्ण अवस्थी र एसआरसीएसका अध्यक्ष रविन्द्र भट्टराईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सेजनको सिफारिसमा एसआरसीएसले पत्रकारहरुलाई निःशुल्क तालीम दिने छ । सो तालीम सात दिनको हुने र त्यसमा स्टक मार्केटसम्बन्धी जानकारी, प्राथमिक र दोस्रो बजार, कम्पनी छनोटका साथै कम्पनीका विवरण हेर्ने तथा शेयर बजार सम्बन्धी समाचार लिने र बुभ्mने तरिकाहरुका बारेमा विस्तृतमा जानकारी दिइने भट्टराईले जानकारी दिए ।
त्यसैगरी, सो तालीमले सेजन सदस्यहरुको क्षमता विकासमा सहयोग पुग्ने अवस्थीको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ