काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको प्राथमिक सेयर औसत मात्र रहेको छ । कम्पनीले छिट्टै जारी गर्न लागेको सेयरमा लगानीकर्ताहरुले बिचार पु¥याउनुपर्ने देखिएको छ ।
कम्पनीले निश्कासन गर्न लागेको प्राथमिक सेयरलाई आइक्रा नेपालले ३ ग्रेड प्रदान गरेको छ । आइक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्ने गरेको छ । ग्रेड १ ले लगानीका लागि बलिया र गे्रड ५ ले कमजोर आधार जनाउँछ ।
२ अर्वको साधारण सेयर
कम्पनीले २ अर्व रुपैंया बरावरको साधारण सेयर निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित सेयर २ करोड कित्ता हुनेछ । साधारण सेयर निष्काशनका लागि निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । नेपाल धितोपत्र बोर्डबाट सेयरका लागि अनुमति पाएपछि निश्कसन गरिने बताइएको छ ।
१० अर्व रुपैंया कम्पनीको चुक्ता पूँजी रहेकोमा आठ अर्व रुपैंया संस्थापकहरुको लगानी रहेको छ । कम्पनीले आफ्नो पूँजीबाट ६ वटा योजनामा लगानी गरेको छ भने बाँकी रकम बैंकमा राखेर व्याज आम्दानी गरिरहेको छ ।
यस्तो छ कम्पनी
जलविद्युत्मा मात्रै लगानी गर्न सरकारले स्थापना गरेको यो कम्पनीले ०६९ साउनदेखि कारोबार थालेको हो । हाल कम्पनीले बैंकसँगको सह–वित्तीयकरण (कन्सोर्टियम) मा जलविद्युत् आयोजनामा लगानी गरिरहेको छ ।
हालसम्म कम्पनीले ६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । विश्व बैंकबाट प्राप्त ४० मिलियन डलर पनि कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ‘ए’ मा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल–भारत अन्तरदेशीय प्रसारण–लाइन निर्माण गर्ने पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) मा १४ प्रतिशत सेयर लगानी गरेको छ ।
कम्पनीमा सरकारको ५ अर्ब, नागरिक लगानीकोष, बिमा संस्थान र कर्मचारी सञ्चयकोषको १–१ अर्ब गरी ८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।
प्रतिक्रिया