वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा निरन्तर सुधार, फेरी १२ सयको विन्दुमा उक्लियो

अर्थटुडे
२०७२ भाद्र २९, मंगलवार

nepal stock exchangeकाठमाडौं । संविधान बन्ने पक्कापक्की भएपनि लगानीकर्ता उत्साहित हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार १० अंकले बढेको नेप्से मंगलबार पनि १२ अंकले बढेर फेरी १२ सय भन्दा माथी पुगेको छ ।

कारोबार सुरु हुँदा ११९४.११ रहेको नेप्से ११.७३ अंकले बढेर बन्द हुँदा १२०५.८४ अंकमा पुगेको छ । कारोबार सुरु हुँदादेखि नै बढेको नेप्से विचमा थोरै घटेर अन्तिम समयमा पुनः उकालो लागेको थियो । मंगलबार बाणिज्य बैंक, विकास बैंक, बिमा तथा जलविद्युत् कम्पनीहरूको सेयर मूल्य बढेपछि समग्र परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।

समूहगत परिसूचकमध्ये बैंकिङ १६.७२, जलविद्युत् २९.६३, बिमा ४३.७४, अंकले बढेको छ ।

मंगलबार १० लाख ७५ हजार कित्ता सेयर ६३ करोड ९२ लाख ३८ हजार रुपैयाँमा किनबेच भयो । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ