काठमाडौं । संविधान निर्माण प्रक्रियामा असन्तुष्टी जनाएको भारतले पेट्रोलियम पदार्थ आपूर्तिमा रोक लगाएको छ । सोमबार साँझ विज्ञप्ती जारी गरेर असन्तुष्टी जनाउँदै सिमानाका बन्द गर्ने संकेत दिएको भोलिपल्टनै ट्याङकरहरु सिमामा रोकिएका हुन् ।
रक्सौलबाट तेल लिएर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भन्सार जाचपास नगरी भारततर्फ रोकेर राखिएको छ । भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्यांकरलाई भन्सारबाट छुटाउन नमानेको बताइएको छ ।
तराईमा भएको आन्दोलन सुल्झाउन आग्रह गरेको भारतले सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत गरेको थियो ।
प्रतिक्रिया