काठमाडौं । महालक्ष्मी फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । असोज १ गते फाइनान्स संचालक समितिले उक्त प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनसलाई नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गर्न पाईनेछ ।
महालक्ष्मी फाइनान्सले र अल्पाइन डेभलपमेन्ट बैंकसँग मर्जरका लागि सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया