काठमाडौं । माछापुच्छ्रे र जनता बैंकबिच मर्जर हुने भएको छ । दुवै बैंकबिच भएको प्रारम्भिक सम्झौतापत्रमा माछापुच्छ्रेका अध्यक्ष विरेन्द्र महतो र जनताका अध्यक्ष उदय नेपाली श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई बैंकबिचको सम्झौतालाई राष्ट्र बैंकले सैद्वान्तिक स्विकृती दिएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया अघि बढ्नेछ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाएपछि पुँजी पु¥याउनका लागि दुई बाणिज्य बैंक गाभिन लागेका हुन् । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ०७४ असारसम्म चुक्तापुँजी ८ अर्व पु¥याउन निर्देशन दिएको छ ।
मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ५ अर्व ७५ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बोनस सेयर र हकप्रद दिएर तोकिएको चुक्ता पुँजी पु¥याउने उनीहरुको लक्ष्य छ ।
हाल माछापुच्छ्रेको चुक्ता पुँजी २ अर्ब ९५ करोड रुपैयाँ र जनताको २ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष ०७१\०७२ सम्ममा माछापुच्छ्रेले ४४ अर्व २० करोड निक्षेप संकलन गरी ३४ अर्व ८१ करोड रुपैयाँ कर्जा लगानी गरी ६१ करोड ६४ लाख खुद नाफा गरेको छ । यसैगरी जनता बैंकले गत आवमा २२ अर्व ९२ करोड निक्षेप संकलन तथा १८ अर्व ४४ करोड कर्जा लगानी गरेको छ । बैंकको नाफा १५ करोड ११ लाख र जगेडा कोषमा २९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
यसैगरी मर्जरमा जाने भएपछि दुवै बैंकको सेयर मंगलबार दिउसोबाट रोकिएको छ ।
प्रतिक्रिया