वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकतासँगै मर्जर प्रक्रियामा रहेको सिद्धार्थमा नेपाल आवास पनि गाभिने

अर्थटुडे
२०७२ आश्विन ६, बुधबार

काठमाडौं । एकता विकास बैंकसँग मर्जर प्रक्रियामा रहेको सिद्धार्थ डेमलपमेन्ट बैंकमा नेपाल आवास फाइनान्स पनि गाभिने भएको छ । नेपाल राष्ट्र बैंकले पुँजी बढाउन निर्देशन दिएपछि वित्तीय संस्थाहरु मर्जरमा जान लागेका हुन् ।

Siddhartha-and-nepal-awash-finance-cumpany

सिद्धार्थ  र नेपाल आवसबिच मंगलबार भएको मर्जर सम्झौतामा सिद्वार्थ बैंकका मर्जर समितिका संयोजक तथा संचालक राम बहादुर भण्डारी र फाइनान्सका संचालक समितिका अध्यक्ष दामोदर सापकोटाले हस्ताक्षर गरे ।

यसअघि सिद्धार्थले भदौं २१ गते एकता विकास बैंकसंग मर्जको लागि संझौता गरिसकेको छ ।

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी १ अर्व ४ करोड ५८ लाख रुपैयाँ पुग्नेछ । यस्तै जगेडा तथा कोष कुल ९ अर्व ८० करोड पुग्नेछ । यसैगरी शाखा संख्या २९, निक्षेप ९ अर्व ८० करोड, कर्जा लगानी ८ अर्व १७ करोड, कर्मचारी संख्या २८४ हुनेछ ।

मर्जर पश्चात बन्ने डेभलपमेण्ट बैंक हाल नेपलामा रहेका विकास बैंकहरु मध्ये सबैभन्दा ठूलो कारोबार भएको विकास बैंक बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ