वि.सं. २०८१ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गल्फ लुब्रिकेन्टको आधिकारिक विक्रेता अटोएभ

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौं, । नेपाल लुब आयल लिमिटेडको उत्पादन गल्फ लुब्रिकेन्टले काठमाडौँस्थित अटोएभ प्रा. लिलाई आधिकारिक विक्रेताको जिम्मा दिएको छ । नेपालमा लुब आयलले विगत ३० वर्षदेखि गल्फ लुब्रिकेन्टको उत्पादन गर्दै आएको छ । काठमाडौंमा विगत पाच वर्षदेखि अटो क्षेत्रमा विशेष गरि मारुती सुजुकीको आधिकारिक सर्भिस सेन्टरका रुपमा काम गर्दै आएको अटोएभले मित्रपार्क चावहिलमा गल्फ लुब्रिकेन्टको विक्रिवितरण समेत सुरु गरेको छ ।

शनिबार काठमाडौंमा एक समारोहको आयोजना गर्दै अटो क्षेत्रमा कार्यरत तथा विभिन्न इन्जीन आयलका विक्रि वितरकलाई गल्फ लुव्रिकेन्टको विशेषता तथा फाइदाका विषयमा जानकारी समेत गराएको थियो । लिमिटेडका महाप्रबन्धक जिवलाल पोखरेलले नेपालकै एक मात्र उत्पादन गल्फ लुब्रिकेन्टको बजार अहिले नेपालमा १५ प्रतिसतको हाराहारिमा रहेको र यसलाई बढाउने योजना अगाडी बढाइएको बताए ।

कम्पनीका प्रबन्ध निर्देशक मधुसुदन सिग्देलले आफूहरु गल्फ लुब्रिकेन्टको बजारलाई बलियो पार्न लागिरहने बताउँदै ग्राहकहरुलाई सहज र सरल तरिकाले गल्फ लुब्रिकेन्ट उपलब्ध गराउन काठमाडौंको उत्तरपूर्वी भेगमा सप्लायर्सको जिम्मा लिएको जानकारी दिए । कार्यक्रमका अबसरमा नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका महासचिव ठाकुर न्यौपाने, राष्ट्रिय यातायात ब्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौला लगायतले अटो क्षेत्रको विकासका लागि आयलको भूमिका महत्वपूर्ण रहने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ