काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ५१ हजार ७ सय रुपैयाँ र ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा तीन दिनदेखि स्थिर रहेको सुनको भाउ मंगलबार ६ सय रुपैयाँ महंगो भएको हो । गत शुक्रबारदेखि सुन प्रतितोला ५१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ भने आज १५ रुपैयाँ सस्तो भएको हो ।
प्रतिक्रिया