काठमाडौं । ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैंक संचालक समितिले गरेको लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ६ अर्व ११ करोड ४१ लाख ५१ हजार ५ सय ४० रुपैयाँ पुग्ने छ ।
बैंकले हालसम्म ६० अर्ब निक्षेप र ५० अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ । ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९२ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३५ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकले अत्याधुनीक सेवा दिइरहेको छ ।
प्रतिक्रिया